काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण र लकडाउनका कारण जनजीवन अस्तब्यस्त भइरहेका बेला बलिउडका कलाकारहरुले राहत र सहयोग जुटाइरहेका छन् ।
अभिनेता सलमान खानले मुम्बई प्रहरीका लागि एक लाख वटा सेनिटाइजर र मास्क वितरण गरेका छन् ।
लकडाउनका बेला अग्रभागमा रहेर सँधै खटिरहने प्रहरीहरूमा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले उनीहरू सुरक्षित रहन आफूले स्वास्थ्य सामाग्री उपलब्ध गराएको सलामान खानले बताए ।
आफू ब्रान्ड एम्बेस्डर रहेको कम्पनी फेस्टको तर्फबाट प्रहरीलाई सेनिटाइजर प्रदान गरेका हुन् । उनले आफ्नो सामाजिक संस्था ह्युमेन वाइङका तर्फबाट मुम्बईमा रहेका गरिबहरूलाई खाना खुवाउने अभियान जारी राखेका छन् ।




प्रतिक्रिया दिनुहोस्