Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


चेल्सी, टोटनह्याम र वर्नमाउथलाई लगातार दोस्रो जित


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम र वर्नमाउथले लगातार दोस्रो जित हात पारेका छन् ।

गएराति भएको खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ ।

अर्को खेलमा टोटनह्यामले फूलह्यामलाई ३-१ ले पराजित गरेको छ भने वर्नमाउथले वेस्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ ।

त्यसैगरी एभर्टनले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दा लेस्टरसिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले हराएको छ ।

कार्डिफ सिटी र न्यूकासल युनाइटेडबीचको खेल भने गोलरहीत बराबरीमा टुंगिएको छ ।

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत अज तीन खेल हुँदै छन् ।

नेपाली समयअनुसार आज साँझ सवा ६ बजे बर्नले र वार्टफोर्ट तथा म्यानचेस्टर सिटी र हडर्सस् फिल्ड भिड्दै छन् ।

आजै राति पौने ९ बजे हुने अर्को खेलमा ब्राइटन र म्याचनेस्टर युनाइटेड भिड्दै छन् ।