काठमाडौं । नेपाल भलिबल संघका सचिव मनबीर छन्त्यालले भदौ २२ गते हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छन्त्यालले भलिबल संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बागलुङबाट प्रदेश प्रतिनिधिको रुपमा संघमा स्थान बनाउँदै आएका छन्त्याल हाल भलिबल संघको सचिव पदमा छन् । यसअघि २०६९ मा भएको निर्वाचनमा उनी सदस्य चुनिएका थिए ।
ढोरपाटन प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहेका छन्त्यालले महिला डबल लिगको आयोजना गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्