Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसिया कप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा


0
Shares

काठमाडौं, भदौ २ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो ।

यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा आएका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको छनोट गरिएको कप्तान खड्काले जानकारी दिए ।

टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।

छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएईसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदै १७ र हङकङसँग भदौ १९ गते खेल्ने कप्तान खड्काले जानकारी दिए ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । छनोटको विजेता टोलीले भदौ २८ गतेदेखि असोज १२ गतेसम्म युएईमा हुने एसिया कपमा सहभागिता जनाउनेछ । रासस