Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


धितोपत्र बोर्डद्वारा सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका संशोधन


572
Shares

काठमाडौं । धितोपत्र बोर्डले आश्वा शूल्क घटाएको छ ।

बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन गर्दै आश्वा शूल्क अधिकतम ५ रुपैयाँ भन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो ।

बैंक वा वित्तीय संस्थाले धितोपत्रखरिद सम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा एक सय रुपैयाँ सेवा शूल्क लिने गरेका थिए । यस्तै, बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त दश रुपैयाँ बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैयाँ बुझाउनुपर्ने व्यवस्था पनि बोर्डले गरेको छ ।

यसैगरी, धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराएबापत निष्काशन तथा बिक्री प्रबन्धक वा बैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैयाँका दरले शूल्क बुझाउनु पर्नेमा सो घटाई एक रुपैयाँका दरले शूल्क बुझाउनु पर्नेव्यवस्था गरिएको पनि बोर्डले जनाएको छ ।

आईपिओमा आवेदन दिनेको संख्या अधिक हुँदा आईपिओ पनि नपर्ने अनि शूल्क पनि चर्को भन्दै लगानीकर्ताले शूल्क परिमार्जन गर्न माग गर्दै आएका थिए ।