Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सोलुखुम्बुमा जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुने


117
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुने भएको छ ।

स्नूकर खेललाई व्यवसायीक र अनुशासित बनाउँदै व्यावसयीक खेलाडी उत्पादन गर्ने उद्देश्यले स्टार युथ क्लबको आयोजनामा यही भदौ ११ देखि १४ गतेसम्म सदरमुकाम सल्लेरीमा प्रतियोगिताको आयोजना हुन लागेको संस्थाका सचिव सुन्दर तामाङ ‘विजयले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि ८ स्थानीय तहबाट प्रत्येक पालिकाबाट चार जनाका दरले सहभागी गराउने गरी सबै पालिकामा छनोट खेल सकिएको छ । लिखेपिके गाउँपालिकाबाट एक जना मात्र सहभागी भएकाले प्रतियोगीतामा २९ खेलाडीबीच प्रतिस्पर्धा हुने भएका छन् ।

बेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका पहिलो पुरस्कार ५५ हजार ५५५ रुपैयाँ, द्वितीय पुरस्कार ३३ हजार ३३३ रुपैयाँ प्रदान गरिनेछ भने तृतीय दुई टिमलाई २२ हजार २२२ रुपैयाँ, धेरै अङक ल्याउने एक जनालाई ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।