Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


फिल्म ‘शमशेरा’ लाई प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोप, १ करोड जरिवाना


4.8k
Shares

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरको ‘शमशेरा’ फिल्मलाई प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोप लागेकाे छ ।

अहिले फिल्म शमशेरा कानूनी विवादमा फसेको छ । दिल्ली उच्च अदालतले याे फिल्मलाई ओटीटी रिलिज गर्न अनुमति दिएको हाे । तर, यसको बदलामा यशराज फिल्मसले रजिस्ट्रिमा १ करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने भएकाे छ । न्यायाधीश ज्योति सिंहले फिल्म निर्माताहरूमाथि प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाएका विक्रमजित सिंह भुल्लरको मुद्दामा यस्ताे आदेश दिएका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार विक्रमजीत सिंह भुल्लर नामका एक व्यक्तिले फिल्म निर्मातालाई प्रतिलिपि अधिकार ऐन अन्तर्गत फिल्म शमशेरा उनको साहित्यिक कृति ‘कबुना छेडे खेत’ को नक्कल भएको आरोप लगाएका छन् । मुद्दाको सुनुवाई भएपछि न्यायाधीश ज्योति सिंहले निर्मातालाई जरिवाना लगाउने निर्णय गरेका हुन् ।

न्यायाधीश ज्योति सिंहले मुद्दाको फैसला सुनाउँदै फिल्म अगस्ट १९ मा ओटीटीमा रिलिज हुने बताएका छन् । तर, यदि निर्माताले अगस्ट २२ सम्ममा जरिवाना बुझाएन भने फिल्म २३ अगस्टमा फिल्म ओटीटीबाट हटाइने समेत न्यायाधीश सिंहले बताएका छन् ।

फिल्म गत २२ जुलाईमा हलमा रिलिज भएको थियो । तर, फिल्म फ्लप भएकाे थियो । यस्तो अवस्थामा पनि निर्माताहरू भने ओटीटी रिलिजको अपेक्षा गरेर बसेका थिए । तर ओटीटी स्ट्रिमिङअघि नै फिल्म प्रतिलिपि अधिकारको मुद्दामा फसेको छ ।

याे फिल्ममा अभिनेता रणवीर कपुर बाहेक सञ्जय दत्त र वाणी कपुर मुख्य भूमिकामा रहेका छन् ।