Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


रियल म्याड्रिडको विजयी सुरुवात


208
Shares

काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेसिन लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

ला–लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले अल्मेरियालाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

अल्मेरियाको मैदानमा भएको खेलमा रियललाई विजयी गराउन लुकास भाज्क्वेज र डेभिड अलाबाले एक एक गोल गरे । अल्मेरियाका लागि लार्जि रामाजानीले गोल गरे ।

खेलको छैटौं मिनेटमा रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । तर, ६१ औं मिनेटमा भाज्क्वेजले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७५ औं मिनेटमा अलाबाले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

ला–लिगाका अन्य खेलहरुमा भ्यालेन्सियाले जिरोनालाई १–० ले हराउँदा रियल सोसिडाडले काडिजलाई १–० ले नै हराएको छ ।