Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


सिन्धुलीमा जनै पूर्णिमाको छुट्टै रौंनक


1.5k
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई, गढतिर, कमलाखाेच र तीनपाटन क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले कमला र चदाहा नदीमा स्नान गरी सामूहिक रुपमा जनै धारण गरेका छन् ।

आज शुक्रबार श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि गढतिर क्षेत्रको कुशेश्वर दुम्जा, झागाभोली, ग्वालटार, ख्र्कोट क्षेत्रमा बसोबास गर्ने क्षेत्री, ब्राम्हणहरुले सुनकोशी नदीमा सामूहिक रुपमा स्नान गरी मन्त्रोच्चारण गरिएको जनै धारण गर्ने चलन रहेकाे छ ।

यसैगरी तीनपाटन क्षेत्रका भमिस्थान, बेलघारीलगायतका स्थानमा बसोवास गर्ने क्षेत्री र ब्राम्हणहरुले चदाहा नदीमा स्नान गरी सामूहिक रुपमा जनै धारण गरी जनै पूर्णिमा मनाएका छन् । विभिन्न नदी खोलाहरुमा सामूहिक रुपमा स्नान गरी गुरु पुरोहितहरुद्वारा मन्त्रोच्चारण थरिएको जनै धारण गरेका क्षेत्री र ब्राम्हणहरुले सामूहिक रुपमा भोजन समेत गरेका छन् ।

सिन्धुलीकै मूल शक्तिपिठहरु कालीमाई, कमलामाई र भद्रकालीमाई स्थानमा स्थानीय धामी झाँक्रीले आफूले आर्जन गरेको तन्त्रमन्त्रको वार्षिक रुपमा विधिवत नविकरणसमेत गराएका छन् ।