प्रदीप पौडेल (इमेज)
पोखरा, भदौ १ । पोखरामा शुक्रबारदेखि खुला पुरुष बीच भलिबल प्रतियोगिता सुरु भएको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा सन्चालन प्रतियोगिताको गन्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे ।
प्रतियोगितामा २० टिमको सहभागिता रहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्