
एजेन्सी । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ आज बिहीबारबाट एकसाथ रिलिज हुँदैछ । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै रिलिज भएको हो ।
आनन्द एल राय निर्देशित फिल्म ‘रक्षाबन्धन’मा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका हुन् ।
‘लाल सिंह चड्डा’मा आमिर र करिना कपुरको मुख्य भूमिका रहेको छ । यसअघि यी दुईले बहुचर्चित फिल्म ‘थ्री इडियट्स’मा एक रोमान्टिक जोडीको रुपमा अभिनय गरेका थिए । आमिर खान र किरण रावको निर्माण तथा वायकम–१८ स्टुडियोको प्रस्तुति रहेको ‘लाल सिंह चड्डा’को अद्वेत चन्दनले निर्देशन गरेका छन् ।
ठग्स अफ हिन्दोस्तान फ्लप भएपछि आमिरले वर्षौंदेखि हिटको पर्खाइमा रहेका बेला अक्षयको तीन ओटा फिल्म ब्याक टू ब्याक फ्लप भएपछि ट्र्याक रेकर्ड खतरामा परेको छ ।
हालसम्म ‘लाल सिंह चड्डा’ को अग्रिम बुकिङ धेरै भइरहेको थियो । अक्षय कुमारको फिल्म रक्षा बन्धन १ घण्टा ५० मिनेटको छ भने लाल सिंह चड्डा २ घण्टा ४४ मिनेटको छ । रन टाइम कम भएकाले अक्षयको फिल्मलाई फाइदा हुन सक्ने अनुमान लगाइएको छ ।
‘लाल सिंह चड्डा’ ले दिनमा ४–५ शो पाउनेछन् भने रन टाइम घटेका कारण ‘रक्षा बन्धन’ मा ७–८ शो दिन सकिनेछ ।
दुबै फिल्म सामाजिक कथावस्तुमै निर्माण भएका हुन् । यी दुई फिल्म मध्ये कुन फिल्मले राम्रो कमाई गर्छ हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्