
एजेन्सी । यतिबेला बलिउड अभिनेता सुपरस्टार शाहरुख खान र तापसी पन्नु आफ्नो आगामी फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त छन् ।
उनीहरुको फिल्मको छायांकन सेटमा खिचिएको एक तस्बिर बाहिरिएको छ ।
उक्त तस्बिरमा शाहरुख घुँडा टेकेर बसेका छन् भने तापसी उनलाई हेरिरहेकी छिन् । यस अवधिमा उनले चेक शर्ट र कालो प्यान्ट लगाएका छन् । अर्कोतर्फ तापसी गुलाबी रंगको स्वेटर टपमा देखिएकी छिन् । दुवैले ठूला झोला बोकेका छन् । तस्बिर हेर्दा दुवैजना यात्राका लागि दृश्य खिचिरहेका देखिन्छन् ।

शाहरुखले हरेक फिल्ममा आफ्नो लुक्स फिल्मबाट नबाहिरियोस् भन्ने चाहान्छन् तर कडा सुरक्षाका बावजुद पनि उनको तस्बिर बाहिरिएको छ ।
यो फिल्मको सुटिङ बेलायतमा भइरहेको छ । ‘डंकी’ एक पञ्जाबी केटाको कथामा आधारित फिल्म हो । जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा प्रस्तुत गर्नेछन् ।
निर्देशक राजकुमार हिरानी र गौरी खानले निर्माण गर्न लागेको फिल्ममा शाहरुख खान र तापसी पन्नूको मुख्य भूमिका छ । फिल्मलाई हिरानी, अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन् । फिल्म २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ । ‘डंकी’ बाहेक शाहरुखसँग सिद्धार्थ आनन्दको ‘पठान’, ‘जवान’, ‘अटली’ जस्ता फिल्म छन् ।
प्रतिक्रिया दिनुहोस्