Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार, झिनो आशा कायमै (६ तस्वीर)


0
Shares

अपडेटः

काठमाडौं, साउन ३१ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

आफ्नो पहिलो खेलमा एसियाको ‘पावर हाउस’ जापानसँग १–० ले पराजित भएको नेपाल बिहीबार दोस्रो खेलमा भने भियतनामसँग २–० को हार व्यहोर्न पुग्यो ।

नेपालले खेलको १३औं र ६४औं मिनेटमा गोल खाएको थियो ।

जापानसँग रक्षात्मक खेल खेलेको नेपालले भियतनामविरुद्ध केही आक्रामक हुन खोज्दा गोल खान पुग्यो ।

यो हारले पनि नेपालको नकआउट चरणमा पुग्ने झिनो आशा भने कायमै रहेको छ ।

समूह ‘डी’बाट लगातार दुई जितका साथ आपसमा भिड्नुअघि नै जापान र भियतनाम नकआउट चरणमा पुगेका छन् ।

त्यस्तै, तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीले पनि नकआउटमा स्थान बनाउने भएकाले नेपालको झिनो आशा कायमै छ ।

समूहको अन्तिम खेलमा नेपालले आगामी आइतबार पाकिस्तानसँग खेल्दैछ ।

सो खेलमा नेपालले फराकिलो जित हासिल गर्ने हो भने आशा कायमै रहनेछ ।