Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


आइएमई पेबाट हवाई टिकटमा क्यासब्याक सँगै अतिरिक्त २ सय छुट


78
Shares


काठमाडौं ।आइएमई पे ले हवाई उडान टिकटमा पुनः बोनस योजना ल्याएको छ ।

यो योजना यही श्रावण ४ गतेदेखि लागू हुने गरी ल्याइएको आइएमई पे ले जनाएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २ रुपैयाँ बोनस पनि प्राप्त गर्ने गरी योजना तयार गरिएको कम्पनीले जनाएको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो योजनामा सहभागी हुन सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एपएक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।