२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा


611
Shares

काठमाडौं । बेल्जियमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्यान्चेस्टरमा शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई विजयी गराउन लिन्डा सेम्ब्रान्टले अतिरिक्त समयमा निर्णायक गोल गरिन् ।

जितसँगै अब स्विडेनले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आज शनिबार राति फ्रान्स र नेदरल्याण्ड्स भिड्ने छन् ।