२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चलचित्र राधाको ‘पाउमा पाउजु’ गीत सार्वजनिक


559
Shares

काठमाडौं । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो ।

नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन् ।

सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतिक्षामा रहेको प्रतिक्रिया दिनुभयो ।

सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा श्रृष्टीसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भुमिका छ । फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रम दास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेका लागि प्रदर्शनीको मिति तोकिएको छ ।