Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपालमै सुरु भयो घुर्ने समस्याको उपचार


0
Shares

बनेपा, असार ३ । के तपाईं निद्रामा घुर्ने गर्नुहुन्छ ? थकाई लागेर या निद्रा नपुगेकाले घुरेको हो भने भ्रम छाडिदिनुहोस ।

यो भ्रमले तपाईंको जीवनमा अनेक जोखिमपूर्ण अवस्थाहरु निम्तएका हुनसक्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन् ।

धुलिखेल अस्पतालले निद्राको विविध अध्ययनका लागि नाक, कान, घाँटी(इएनटी) विभागमा सुविधा सम्पन्न स्लीप ल्याब सुरु गरेको दुई महिना पुगेको छ । यसै अवसरमा विभागले पत्रकार सम्मेलनमार्फत सेवाका बारेमा जानकारी दिएको हो ।

‘काठमाडौंबाहिर पहिलो पटक पोलिसोम्नोग्राफी (निद्राको विविध अध्ययन) को सेवा धुलिखेलमा सुरु गरेका छौं्र । यसका लागि ४८ च्यानलको अत्याधुनिक मिनी स्क्रिन प्रो उपकरणलाई उपयोगमा ल्याएका छौं । यसबाट निद्रासम्बन्धी धेरै अध्ययन गर्न सकिन्छ,’ इएनटी शल्य चिकित्सक एवं एसोसिएट प्रोफेसर डा. मनिका पोखरेलले भनिन

जर्मनीको काइजस्टाउटर्नस्थित वेस्टफाल्स क्लिनिकम अस्पतालमा स्लीप डाइनोनिष्टक ल्याबको प्रशिक्षण प्राप्त डा. पोखरेलको अगुवाइमा स्लीप ल्याब सुरु भएको हो । नागरिक दैनिकबाट

Skip This