२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाको समयावधि थप


364
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाको समयावधि थप गरेको छ ।

असार मसान्तसम्मका लागि तोकिएको योजना ग्राहकको चासोलाई ध्यान दिएर साउन मसान्तसम्म बढाइएको बैंकले जनाएको छ ।

यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन् ।

साथै निक्षेपकर्ताले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिनुभयो ।