Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एसियाड फुटबलमा नेपालले बिहीबार भियतनामसँग खेल्दै


0
Shares

काठमाडौं । एसियाली खेलकुद एसियाडको फुटबलको समूह चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ ।

मंगलबार भएको पहिलो खेलमा नेपालले जापानसँग १–० को हार बेहोरेको थियो भने भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो ।

यो खेलमा विजयी हुँदा नेपालले अर्को चरण प्रवेशको सम्भावना कायमै राख्नेछ ।

भियतनामले जित हासिल गरे अर्को चरणमा ठाउँ सुरक्षित गर्नेछ भने नेपाल बाहिरिने पक्का हुनेछ ।