
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले गरेका वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपरेको छ । विशेष गरी फोहोर व्यवस्थापन गर्ने विषयमा मेयर साहले बोली फेरेर वडा अध्यक्षलाई झुक्याएपछि वडा अध्यक्षले आक्रोश पोखेका थिए । मेयर साहले असार ५ गते सम्पन्न कार्यपालिकाको पहिलो बैठकदेखि लाइभ गर्नुभएको थियो । पहिलो बैठकमै भाँती नपु-याएका कारण मेयर साहले आलोचना खेप्नुपर्यो ।
वास्तवमा मेयरले कार्यपालिकाको बैठक लाइभ नगर्दा हुँदैन । तर, मेयर र वडा अध्यक्षको चाहना फरक छ, भनाभन भए पनि लाइभ गर्नेपर्छ । मेयरले वाचा पूरा गरे नगरेको सुन्नैपर्छ ।मंगलबार सम्पन्न पाँचौं बैठकमा नेपाली कांग्रेसबाट विजयी वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनलाई गलत आश्वासन दिएको कारण आलोचना खेप्नुप¥यो । टेकु ट्रान्सफर स्टेसनमा दैनिक फोहोरका डंगुर थुप्रिएर हटाउन नसकेको भन्दै वडा अध्यक्ष महर्जनले मेयरलाई काठमाडौंलाई फोहोरमुक्त बनाउने मेयरको कुरामा आफूलाई विश्वास नलागेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो– ‘काठमाडौंको फोहोर उठाउनका लागि मेयरले गाडी उपलब्ध गराउँछु भनेर गरेको प्रतिबद्धता पूरा गर्न सक्नुभएन ।’ लगत्तै मेयरले साहले प्रतिउत्तर दिनुभयो– ‘टेकुमा दुर्गन्ध कम गर्न धेरै काम गरें, कहिल्यै पनि धन्यवाद भन्न सक्नुभएन ।’उहाँको यो जवाफ आउनासाथ वडा अध्यक्ष महर्जनले प्रतिउत्तर दिनुभयो– मैले सोध्दा ५०, सय वटा चाहिए पनि अहिले नै दिन्छु भन्नुभएको थियो त्यस बेला लिजमा दिनका लागि तपाईंको अधिकार छ कि छैन भनेर सोधेको थिएँ । फेरि डिजेलको भाउ बढेर गाडी आएन भन्नुभयो । त्यस बेला मैले त्यहाँ बोलेको कुरा पु-याउन नसकेपछि तपाईंलाई कसरी धन्यवाद दिने ? वडा अध्यक्षले यस्तो जवाफ दिएपछि साहले भन्नुभयो– ‘फोहोर व्यवस्थापन गर्न वडा अध्यक्षहरूले सहयोग गरेनन् ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्