२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रतिष्ठानको आरोप : लोकदोहोरी गीतमा बढ्यो अश्लीलता


65
Shares

काठमाडौं । लोकदोहोरी गीतमा अश्लील शब्दको प्रयोग गरेको आरोप लगाउँदै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर सञ्चालक र गायक गायिकालाई छलफलका लागि बोलाएको छ ।

प्रतिष्ठानले पत्र काटेरै सबै जनालाई आइतबार संघको कार्यालयमा बोलाएको हाे ।

लोकदोहोरी गीतमा प्रयोग गरिएको अश्लील शब्दको प्रयोग गरिएको भन्दै बेला बेलामा विभिन्न टीकाटिप्पणी र विरोध हुँदै आएको छ ।

लाइभ दोहोरीको नाममा युट्युबमार्फत अग्रणी कलाकारले समेत संस्थाको अनुरोधलाई उल्लंघन गर्दै अश्लीलता फैलाएको प्रतिष्ठानको दाबी छ ।

लोकदोहोरी गीतमा अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई सचेत तुल्याउनेदेखि कारवाही गर्ने उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ । यसअघि पनि संस्थाले पटकपटक त्यसो नगर्न भने पनि संस्थाको आग्रहलाई कलाकार र रोधीघर सञ्चालकहरूले नटेरेका प्रतिष्ठानको आरोप छ ।

गत साता प्रतिष्ठानले तीजको गीतमा पनि अश्लील रुपमा प्रस्तुत नहुन चेतावनी दिइसकेको छ ।