३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


‘नेपाल लोकस्टार-२’ को नयाँ संस्करण साउन अन्तिमबाट


65
Shares

काठमाडौं । नेपालको मोलिक लोकसंगीतमा आधारित रियालिटी शो ‘नेपाल लोकस्टार-२’ साउन अन्तिमबाट सुरू हुने भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट ‘नेपाल लोकस्टार-२’ सुरू हुने जानकारी गराइएको हो ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फर्म्याट र शैलीमा दोस्रो सिजनको तयारी सुरू हुन लागेको हो ।

शो साउन अन्तिमबाट हरेक मंगलबार र बुधबार राति ८ बजेबाट प्रशारण हुनेछ । शो को निर्णायकमा लोकगायक कुमार बस्नेत, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शो को सञ्चालन लोकगायक प्रकाश समुतले गर्नेछन् । कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताए ।

कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन-१ बाट लिएको अनुभवलाई सिजन-२ मा नयाँ प्रतिभाहररूमा शेयर गर्नेछु भन्दै उनले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताए । त्यस्तै, गायिका ज्योती मगरले निर्णायकमा आफ्नो सुरूवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरूलाई प्रोत्साहन गर्ने बताइन् ।

शो को डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपैयाँ नगद पाउनेछन् ।