Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा भिख माग्न निषेध


1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ ।

काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो ।

साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा कुनै प्रकारको रकम वा ज्याला दिई भिख माग्न दुरुत्साहन नगर्न पनि महानगरले आग्रह गरेको छ । तर साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग्ने कार्यलाई भने महानगले रोक लगाएको छैन्।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक मानवको यथोचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको समेत महानगरले जानकारी गराएको छ ।