२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रोटरी अवार्डबाट ६ जना सञ्चारकर्मी सम्मानित


91
Shares

काठमाडौं । रोटली इन्टरनेशनल डिस्ट्रिक (नेपाल-भुटान)ले रोटरी जुरो अवार्ड अन्तर्गत नेपालका ६ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

सन् २०१२ मा स्थापना भएको रोटरी क्लबले हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड अन्तर्गत वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलाई विशेष अवार्ड प्रदान गरेको हो ।

त्यस्तै, विभिन्न बिधा अन्तर्गत शिक्षातर्फ पत्रकार बाल मुकुन्द आचार्य, स्वास्थ्यतर्फ हिमालय टेलिभिजनका सिर्जना बराल, सेतोपाटीका चितवन सम्वाददाता राजेश घिमिरे, सञ्चारिका समुह गण्डकी अञ्चलका कबिता श्रेष्ठ, र आर्थिक समाचार समाजका पूर्व अध्यक्ष भीम गौतमलाई सम्मान गरिएको हो ।

कार्यक्रममा रोटरी क्लबका हरेक बिषयवस्तु अन्तर्गत समचार सम्प्रेषण गर्ने शंकर खरेललाई पनि सम्मान गरिएको थियो ।