२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


गायिका दिलमाया सुनार मृत अवस्थामा फेला


1.937k
Shares

काठमाडौं । नेपाली लोक दोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार ११ बजे उनी आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।

उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् ।

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।