१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


‘प्रोजेक्ट रिस्टार्ट’ – प्रिमियर लिगका खेलहरु पुनः सुरु हुने


0
Shares

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु हुने भएका छन् ।

‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो ।

आर्सनल, ब्राइटन र वेष्ट ह्यामले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन् ।

लिगका खेलहरु आउँदो जुन ८ देखि सुरु हुने अपेक्षा गरेको छ । जुलाईको अन्त्यसम्ममा लिग सक्ने तयारी रहेको छ ।

यसका लागि पूर्ण तहको प्रशिक्षण मे १८ देखि सुरु हुनु पर्छ । प्रिमियर लिग क्लबहरुबीच आगामी शुक्रबार थप छलफल हुने बताइएको छ ।