२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


गौरिका र प्रिन्सलाई उत्कृष्ट एनओसी खेलाडी अवार्ड


65
Shares

काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिका उत्कृष्ट महिला तथा प्रिन्स उत्कृष्ट पुरुष खेलाडी अवार्डबाट सम्मानित भएका हुन् ।

वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा एनओसीले गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको हो ।

यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा पुरुषतर्फ दीपक मगरले उत्कृष्ट प्रशिक्षकको सम्मान प्राप्त गरे । उत्कृष्ट खेल संघको अवार्ड भने नेपाल तेक्वान्दो संघले जितेको छ ।

अवार्डसँगै उनीहरुले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।