काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे विभिन्न गीत तथा म्यूजिक भिडियोहरु निर्माण भइरहेका छन् ।
तर अमेरिकी निर्देशक चाल्र्स ब्यान्डले केरोना संक्रमणमाथि पहिलो फिल्म नै निर्माण गरेका छन् ।
‘कोरोना जाम्बिज’ नाम दिइएको फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ ।
फिल्मको ट्रेलर केही दिनअघि रिलिज हुँदा भाइरल भएको थियो । धेरैले फिल्म हेर्न माग गरेका थिए ।
फिल्म र ट्रेलर निकै डरलाग्दो बनेकाले बालबालिकालाई अभिभावकको साथबाहेक एक्लै यो फिल्म नहेर्न निर्माण पक्षले अनुरोध गरेको छ ।
गत जनवरीमा चीनमा कोरोना संक्रमण देखिएपछि यो फिल्मको कथा परिवर्तन गरेर कोरोना संक्रमणको विषयमा फिल्म निर्माण गरिएको हो ।
निर्देशक चाल्र्स कोरोनाले संसारमा विकराल रूप लिन्छ भन्ने बुझेरै आफूहरूले यसको कथा तयार गरेको र अहिले त्यही अवस्था आएको बताएका छन् ।
फिल्ममा कोडी रेनी क्यामरुन, रसेल कोकर, रबिन सिड्नीजस्ता कलाकार मुख्य भूमिकामा छन् ।
एक जना व्यक्ति कोरोनाबाट मरेपछि उसलाई जाम्बिज पात्र बनाइएको र उसको पीडादायी कथा समेटिएको छ । जाम्बिजलाई प्रेतात्मा बनाएर अभिनय गराएकाले फिल्म रोचक बनेको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्