
एजेन्सी । दक्षिण भारतीय नायिका स्वाती सतीशको दाँतको रुट क्यानल (दाँतको शल्यक्रिया) गराउँदा उनको अनुहार नै भयाबह रुपमा बिग्रिएको छ ।
अस्पतालले गलत उपचार गर्दा उनको अवस्था यस्तो भएको आरोप स्वातीको छ । रुट क्यानल शल्यक्रियापछि स्वातीको अनुहार सुन्निएको छ । उनको अनुहार यसरी बिग्रिदा उनका प्रसंशकहरू निकै दुखी भएका छन् । उनका प्रसंशकहरूले उनलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
भारतीय संचारमाध्यम सँगको एक अन्तर्वार्तामा स्वातीले अस्पतालले उपचारका क्रममा गलत औषधि दिएका कारण उनी यस्तो अवस्थामा पुगेको बताएकी छिन् । दाँतको शल्यक्रिया गर्न शुरुमा उनी एक अस्पताल गएकी थिइन् । उपचारको क्रममा उनलाई एनेस्थेसियाको भन्दा सेलिसिलिक एसिड पहिला लगाइदिइएको उनले दाबी गरेकी छन् । उक्त कारण रुट क्यानल गराउदा अनुहार सुन्नियपछि उनी अर्को अस्पतालमा उपचारका लागि गएकी थिइन् अर्काे अस्पतालमा पुग्दा उनलाई गलत औषधि दिइएको पत्ता लाग्यो ।
स्वाती अहिले पूर्णरुपमा आफ्नो अनुहार निको पार्ने प्रयासमा छिन् । तर, उनको ओठ भने पहिलाको आकारमा अझै आएको छैन । उनी राम्रोसँग हास्न सकेकी छैनन् । २३ दिन बितिसक्दा पनि उनी अझै ठिक भैसकेकी छैनन् । चिकित्सकले उनलाई पूर्णरुपमा निको हुन अझै कम्तिमा २ साता देखि १ महिना लाग्ने बताएका छन् । स्वाती उक्त घटनालाई अफ्नो परिवारसँग छलफल गरेर अदालतसम्म जाने भएकी छिन् ।
भारतीय सञ्चार माध्यमका उनुसार उनको अनुहार सुन्निएका कारण उनको करियरमा असर प्रशस्त पर्ने देखिन्छ । उनले उक्त घटनापछि मोडलिङ,टेलिसिरियल र फिल्ममा काम गर्ने अबसर गुमाएकी छिन् । उनी कन्नडकी नाम चलेकी नायिका हुन् ।स्वातीले लगाएका आरोपलाई रुट क्यानल गर्ने चिकित्सकले खण्डन गर्दै आफ्नो बचाउमा भनेका छन्, ‘नायिकाले लगाएको आरोप बिना प्रमाण हो र आफ्नो बयान उनले पटक पटक बदलेकी छिन् । जे भयो रुट क्यानल उपचारको जटिलताको कारण भएको हो कुनै चिकित्सकीय लापरवाहीको कारण ले होइन ।’
प्रतिक्रिया दिनुहोस्