१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग रद्द


0
Shares

काठमाडौं । नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग रद्द गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण अनिश्चित रुपमा स्थगित यस सिजनको लिग रद्द गरिएको हो ।

लिग रद्द भएपछि उपाधि विजेता टिमको घोषणा हुने छैन । यस्तै, यस सिजन कुनैपनि टिम रेलिगेशनमा जाने छैनन् ।

कोरोनाका कारण सरकारले सेप्टेम्बर १ सम्म मुख्य प्रतियोगिता गर्न रोक लगाएको छ ।

डच फुटबलको सर्वोच्च निकाय केएनभीबीले चालू सिजन फुटबल खेल्न असम्भव भएकाले सो निर्णय गर्नुपरेको जनाएको छ ।

लिग तालिकामा अजाक्स शीर्ष स्थानमा थियो । समान अंक भएपनि गोल अन्तरका आधारमा अल्कमार दोस्रो स्थानमा रहेको थियो ।

प्रतियोगितामा ९ चरणका खेल हुन बाँकी थियो । लिग रद्ध भएपनि अजाक्स र अल्कमार दुवै टिम च्याम्पियन्स लिगको छनोट चरणमा जानेछन् ।

शीर्ष डिभिजनको लिग बढुवा र घटुवा दुवै नहुने भएपछि दोस्रो डिभिजनको लिग लिडर कम्बुरलाई ठुलो घाटा लाग्ने भएको छ ।

उसले प्लेअफ टिमसंग ११ अंकको अग्रता लिएको थियो । सन् १९५६ यता डच लिग च्याम्पियन टिमको टुङ्गो नलगाएर रद्द भएको यो पहिलो पटक हो ।