
एजेन्सी । भारतीय फिल्म क्षेत्रका कलाकार जोनी लिभरकी छोरी जेमी लिभर विगत ९ वर्षदेखि फिल्म उद्योगमा संघर्ष गर्दै आइरहेकी छिन् ।
भारतीय फिल्म क्षेत्रमा स्टरकिडले छिटो फिल्ममा मौका पाउछन् भन्ने कुरा जोनी लिभरकी छोरी जेमीमा लागू भएको देखिदैन् । स्टारकिड भएर पनि ९ वर्षदेखि उनी फिल्म उद्योगमा संघर्ष गर्दै आइरहेकी छिन् । भारतीय फिल्म क्षेत्रमा धेरै जसो नेपोटिजम (परिवारबाद) को कुराहरूमा चर्चा चल्ने गर्दछ । स्टारकिड र बाहिरबाट आएकाहरूमा विवाद हुने गरेको छ ।
यस्तो फिल्म क्षेत्रमा जोनी लिभर यस्ता कालाकार हुन् जसले फिल्म क्षेत्रमा कमेडियनको रुपमा आफ्नो छुटै पहिचान बनाए । जोनी लिभर जस्तै अहिले उनको छोरी जेमी पनि अफ्नो बाबुको पाइला पछ्याउँदै छिन् । उनले सन् २०१५ मा फिल्म ‘किस–किस को प्यार करुं’ र हाउसफुल ४ मा काम गरेकी थिइन् । जेमीले अहिले सम्म जम्मा २ ओटा फिल्ममा काम गरेकी छन् । तर, कमेडियनको नाममा उनले पनि आफ्नो बाबुले जस्तै चर्चा कमाएकी छन् । उनले आफ्नो लागि छुट्टै स्थान हासिल गरेकी छिन् । जेमीले अन्य कलाकारहरूको निकै राम्रो क्यारीकेचर पनि गर्छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार जेमीले यो ठाँउसम्म पुग्नलाई निकै संघर्ष गरेकी छिन् । स्टारकिड भएरपनि उनले कसैको पनि सहयोग लिइनन् । उनले जति पनि गरिन् आफ्नै क्षमताले गरिन् आफ्नो बाबुको समेत सहयोग लिइनन् । जेमी आफू स्टारकिड भएकोमा आफूलाई निकै भग्यमानी ठान्छिन् । जेमीले हास्यकलाकारको रुपमा आफूलाई फिल्म उद्योगमा स्थापित गरेकी छिन् । उनले आफ्नो क्षमताले दर्शकहरूलाई मनोरञ्जन गरेर मन जितेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्