Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


एसीसी महिला टी २० च्याम्पियनसिपको नेपाली टिम घोषणा


91
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

सोमबार क्यानले रुबिनाको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट आज अन्तिम टोलीको घोषणा गरिएको हो ।

टोलीमा रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी रहेका छन् ।

मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टिममा छानिएकी छिन् । च्याम्पियनसिप आगामी असार ३ बाट सुरु हुने छ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालले असार ३ मा पहिलो खेल भुटानसँग खेल्लेछ भने असार ६ मा बहराइन र असार ७ मा हङकङसँग खेल्ने छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुने छन् ।