२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दक्षिण भारतीय फेसन डिजाइनर प्रत्युषा मृत अवस्थामा फेला, आत्महत्याको आशंका


598
Shares

एजेन्सी । दक्षिण भारतीयकी निकै चर्चित फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत अवस्थामा फेला परेकी छिन् ।

शनिबार साँझ ३५ वर्षकी प्रत्युषा बञ्जारा हिल्सस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी हुन् ।

यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनी मृत भेटिएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले प्रत्युषाको कोठाबाट एउटा कार्बन मनोअक्साइडको बोतल पनि भेटेको थियो । यही कारण उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रत्युषा डिप्रेशनबाट गुज्रिरहेको बताएपनि यसबारे थप विवरण आउन बाँकी छ ।