१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पोल्याण्डविरुद्ध बेल्जियमको आधा दर्जन गोल


364
Shares

काठमाडौं । यूएफा नेसन्स लिग फुटबलमा बेल्जियमले पोल्याण्डलाई फराकिलो अन्तरले हराएको छ ।

समूह चरण अन्तर्गत बुधबार राति बेल्जियमले पोल्याण्डलाई ६–१ ले हराएको हो ।

पोल्याण्डले सुरुवाती अग्रता लिएर पनि जित निकाल्न सकेन । खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा एलेक्स विसलले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा ल्याए ।

यसैगरी, ५९ औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । ८० औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–१ को बनाए । ८३ औं मिनेटमा लिन्डर डेनडोनकरले गोल गरेपछि बेल्जियम ५–१ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा लोइस ओपेन्ड़ाले गोल गर्दै बेल्जियमलाई ६–१ को जित दिलाए ।

जितसँगै बेल्जियमले समुहमा २ खेलबाट ३ अंक जोडेको छ । बेल्जियम दोस्रो स्थानमा रहेको छ । ६ अंकसहित नेदरल्याण्ड्स शिर्ष स्थानमा रहँदा ३ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।