Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भारतमा फेरी कोरोना संक्रमण बढ्याे


481
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको छ।

शुक्रबार एकै दिन भारतमा ४ हजार ४१ जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे भारतकाे केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको हाे। याे ११ मार्च पछिको सबै भन्दा धेरै सङ्क्रमण संख्या हो। महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६ सय ५१ जनाको मृत्यु भइसकेको छ।

तर कोभिड-१९ बाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा अहिले पनि धेरै संक्रमति देखिएका छन्। बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ।

भारतमा हालसम्म ८५ करोड १७ लाख भन्दा मानिसकाे बढीको कोभिड परीक्षण गरिएको छ।