
काठमाडौं । दुई महादेशका विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति प्रतिस्पर्धा हुनेभएकाे छ ।
युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार बुधबार राति साँढे १२ बजे सुरु हुनेछ । तेस्रो संस्करण रहेको यस प्रतिस्पर्धालाई ’फाइनलसिमा’ नामाकरण गरिएको छ । बुधबार दुबै टोली जित निकाल्दै तेस्रो संस्करणको उपाधि जित्न चाहन्छ । खेलका लागि दुबै टोलीले तयार भएको बताईसकेका छन् ।
इटाली डिफेन्डर जर्जियो चिलिनीको कप्तानीमा मैदान उत्रने छन् । उनको यो अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । उनले यस खेलबाट सन्यास लिनेछन् । त्यस्तै अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रनेछ । यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच ३ वर्षको सम्झौता भईसकेको छ ।
इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो । त्यस्तै ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो ।
मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेकाे थियो ।
प्रतिक्रिया दिनुहोस्