काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्ल्डलाइट जडान गर्न बजेट छुट्याएको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रात्रीकालिन खेल खेल्न सकिनेगरी स्तरोन्नत्ति गर्न बजेट छुट्याएको जानकारी दिनुभयो ।
यस्तै, मुलपानीस्थित त्रिवि क्रिकेट मैदानको निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गर्नुभएका उहाँले चितवनको भरतपुरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण पूरा गर्नका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्ने बताउनुभयो ।
यस्तै धनगढीको फाप्ला मैदानको निर्माणका लागि पनि सरकारले बजेट छुट्याएको छ । समग्र खेलकुद मन्त्रालयका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्