Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


काठमाडौंको मेयरमा बालेन साह र उपमेयर सुनिता डंगोल, आधिकारिक घोषणा शुक्रबार


572
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाको मतगणना सकिएको छ ।

गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो ।साेही काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी हुनुभएकाे छ। साथै साेही महानगरपालिकाकाे उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी हुनुभएको हाे ।

मतगणना सकिंदासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले सबै भन्दा धेरै मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सबै भन्दा धेरै मत प्राप्त गर्नुभएको छ ।

शुक्रबार बिहान ६ बजे आधिकारिक घोषणा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।