Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


पोर्न स्टार भएकैले सनी लियोनीलाई मन पराएको पति डेनियलको दावी


0
Shares

काठमाडौं । पूर्वपोर्न स्टार एवं अभिनेत्री सनी लियोनी र उनका पति डेनियल वेबरले दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाएका छन् ।

बार्षिक उत्सव मनाउने सिलसिलमा वेबरले सनीको खुलेर प्रशंसा गरेका छन् । सनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

उनले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको र पहिलो भेटमै मन पराएको बताएका छन् ।

उनले भेनका छन्ः ‘मलाई पोर्न स्टार सनी लियोनका श्रीमानभन्दा खुसी लाग्छ । सनी हिट पोर्न स्टार भएकै बेला मैले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ ।’

पहिलो भेटमा सनी पोर्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि बेवरले बताए ।

वेबरले सनीको हर कुरामा साथ दिएको र आफूलाई सबैले पोर्न स्टार सनीको पति भन्दा खुसी लाग्ने गरेको बताएका छन् ।

सन् २०११ मा विवाह गरेका उनीहरुले दुई सन्तानलाई धर्म सन्तानका रूपमा ग्रहण गरेका छन् ।