
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका निमा ग्याल्जेन शेर्पा र उपाध्यक्षमा पनि कांग्रेसकै अप्सरा लामिछाने विजयी हुनुभएको हो । शेर्पाले ५ हजार ३८५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । हेलम्बु गाउँपालिका अध्यक्षमा यसअघि पनि निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । त्यस्तै कांग्रेसकै उपाध्यक्षमा अप्सरा लामिछाने पनि विजयी हुनुभएको छ । उहाँले ५ हजार २१४ मत प्राप्त गर्नुभएको हाे । त्यस्तै उपाध्यक्षमा अप्सरा लामीछाने विजयी हुनुभएको छ ।
अघिल्ले पटक पनि बहुमत वडासहित हेलम्बुमा नेपाली कांग्रेसले नेतृत्व गरेको थियो । यसपटक पनि बहुमत वडासहित जित निकालेको छ । अघिल्लो पटक ७ वडामध्ये ६ वटा वडा जितेकोमा यसपटक भने ५ वटा मात्र कांग्रेसले जितेको छ । यसअघि १ वटा वडा जितेको एमालेले यो पटक भने २ वटा वडा जितेको छ ।
गाँउपालिकामा निकटतम प्रतिस्पर्धी एमालेका दावा लामा ह्योल्मोले ४ हजार ६०३ मत र उपाध्यक्षमा गंगा अर्याल खड्काले ४ हजार ६७१ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्ष हरुमा १ मा दावा ग्याल्बो शेर्पा, २ मा पेम्बा लामा, ३ मा दिपक खड्का, ४ मा बुद्धिमान तामाङ्ग थिङ्ग, ५ मा दिप ग्याल्जेन लामा, वडा नम्बर ६ मा सञ्च तामाङ, वडा नं ७ मा निल बहादुर खड्का विजयी हुनुभएको छ ।
वडा नम्बर ३ र ६ मा नेकपा एमालेले जितेको छ भने बाँकी सबै वडा कांग्रेसले जितेको हो । विजयी भएसँगै समृद्ध हेलम्बु बनाउने सपना बोकेका शेर्पालाई एक दशकको नेतृत्व गर्ने अवसर मिलेको छ । शेर्पाले यसअघि नै सामाजिक सञ्जाल मार्फत हेलम्बुका मतदातालाई धन्यवाद समेत दिईसक्नुभएको छ ।
यसअघिको कार्यकालमा हेलम्बुमा ग्रेट ट्रेल, एकल पुरुष भक्ता लगाएतका कामले शेर्पा चर्चित बन्नुभएको थियाे ।
प्रतिक्रिया दिनुहोस्