Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


साविक विजेता म्यानचेस्टर सिटीको शानदार सुरुवात, आर्सनल पराजित


0
Shares

काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा आर्सनललाई २-० ले हराउँदै सिटीले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङ र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

जितसँगै म्यान सिटीका प्रशिक्षक पेप ग्वार्डीयोलाले नयाँ सिजनमा सफल सुरुवात गर्दा पराजित टोली आर्सनलका नयाँ प्रशिक्षक युनाई एम्रेलाई भने पहिलो खेलमै झट्का लागेको छ ।

प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा लिभरपुलले वेष्टह्याम यूनाइटेडलाई ४–० को फराकिलो अन्तरमा हराएको छ ।

विजयी टिमका लागि सादियो मानेले २ गोल गर्दा मोहम्मद सलाह र डानियल स्टरीजले १-१ गोल गरे ।

गएराति नै भएको अर्को खेलमा साउथह्यानम्पटनले बर्न्लेसँग गोलरहित बराबरी खेलेको छ ।