
काठमाडौं । ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन दोब्बर मतले अग्र स्थानमा रहनुभएकाे छ ।
महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पार्दै अग्रता कायम गर्नुभएको हाे । पछिल्लो मतगणना अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले ४ सय २ मत मात्रै प्राप्त गर्नुभएको छ ।
साथै उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ४ सय २० मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्