१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


आईपीएल क्रिकेटमा पन्जाब विजयी


533
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा पन्जाब किङ्स विजयी भएकाे छ ।

मुम्बईमा शुक्रबार राती भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले हराएको हो । पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाएका थिए ।

कप्तान विराट कोहली २० रनमा आउट भएका छन् । पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २-२ विकेट लिएका छन् । त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । पन्जाबका लागि लियाम लिभिङस्टोनले ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

जोनी बेयर्स्टोले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा शिखर धवनले २१ रन जोडेका छन् । बैंगलोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिएका थिए । जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।

बैंगलोर १३ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।