
काठमाडौं । मुनव्वर फारुकी ‘लक अप’ को विजेता बनेका छन् ।
मुनव्वर फारुकी ७० दिनको सघर्षपछि कंगनाको ‘लक अप’ को पहिलो सिजनको विजेता बनेका हुन् ।
कार्यक्रम मार्फत मानिसहरूले मुनव्वर फारुकीको फरक पक्षलाई देखेर धेरै मन पराएका थिए । उनलाई सुरुदेखि नै कार्यक्रमको मास्टरमाइन्ट बताइएको थियो । त्यसैले धेरैले उनलाई शो को बिजेता मानिसकेका थिए ।
कार्यक्रममा सहभागी भएका फारुकीले आफ्ना नीजि जीवनबारे विभिन्न खुलासा गरेका थिए । जसले मानिसहरूको मन छुन सफल भयो ।
सो मा ट्रफी जित्नुका साथै उनले २० लाख नगद पुरस्कार र एर्टिगा र इटली यात्रामा जाने मौका समेत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्