
एजेन्सी । बलिउड फिल्म ‘भुल भुलैया २’ कमेडी र हरर फिल्म हो ।
निर्देशक अनिस बज्मीद्वारा निर्देशित यो फिल्ममा भूषण कुमार निर्माता रहेका छन् । फिल्ममा कार्तिक आर्यन, कियारा आडवाणी, तब्बु, राजपाल यादव र संजय मिश्रा मुख्य भुमिकामा रहेका छन् ।
यो फिल्मलाई सन् २०२० जुलाई ३१ मा सिनेमा हलहरूमा प्रर्दशन गर्ने भनिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म प्रर्दशन हुन सकेन । कार्तिक र कियारा जोडीलाई हेर्न उनका दर्शकहरू लामो समय देखि प्रतिक्षामा रहेका छन् । अब यो फिल्म २० मे २०२२ मा प्रर्दशन हुने भएको छ ।
फिल्म ‘भुल भुलैया २’ १४ वर्ष अघि आएको अक्षय कुमारद्वारा अभिनित सुपरहिट फिल्म भुल भुलैयाको दोस्रो भाग हो । भुल भुलैया २ लामो समयदेखि निकै चर्चामा रहेको छ हेरौं यो फिल्ममा कसले कति पारिश्रमिक लिए ?
कार्तिक आर्यन
कार्तिक आर्यन भुल भुलैया २ को मुख्य पात्र हुन । जसमा उनी रुहान रन्धावा अर्थात् रुह बाबाको भूमिकामा देखिने भएका छन् ।

रुह बाबाको भुमिका निभाउनका लागि उनलाई १५ करोड भारतीय रुपैयाँ दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कियारा आडवाणी
भुल भुलैया २ मार्फत कियारा र कार्तिकको जोडीले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

फिल्ममा कियाराले मंजुलकाको रोल निभाउनका लागि २ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।
तब्बु
बलिउडकी प्रख्यात अभिनेत्री मध्यकी एक अभिनेत्री तब्बु पनि यस फिल्मको हिस्सा बनेकी छिन् । फिल्ममा तब्बु कनिका शर्माको भूमिकामा देखिने भएकी छिन् ।

यस रोलको लागि उनले २ करोड भारतीय रुपैयाँ परिश्रमिक लिएकी छिन् ।
राजपाल यादव
बलिउडका कमेडी पात्रको रुपमा चिनिने राजपाल यादव पनि यस फिल्म मार्फत दर्शकहरूलाई हसाउने तयारीमा रहेका छन् ।

छोटा पंडितको भूमिकामा रहेका यादवलाई १ करोड २५ लाख परिश्रमिक दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
संजय मिश्रा
यस फिल्ममा मुख्य भूमिकामा रहेका अर्का कलाकार हुन संजय मिश्रा ।

संजयले यस फिल्ममा अभिनय गरे वापत ७० लाख भारतीय रुपैया लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्