Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


अनुमति लिएर राहत बाँड्न निस्केका कलाकार प्रहरी नियन्त्रणमा


0
Shares

काठमाडौं । लकडाउनमा दुःख पाइरहेका मानिसहरुलाई राहत बाँड्न गएका कलाकारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कलाकार कामेश्वर चौरसिया र फिल्म निर्माता राजकुमार महतो लगाएत पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका छन् । यस्तै, उक्त टोलीले सकुवा पर्सौनी गाउँपालिकाबाट पनि पत्र लिएर राहत वितरण गर्न हिँडेको बताइएको छ ।

तर प्रहरीले उक्त गाउँपालिकाको पत्रलाई बेवास्ता गरि आफूहरुलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

कामेश्वरले भने,  ‘हामी हाम्रो संस्था परोपकार युवा संजालमार्फत पर्साको दुर्गम स्थानमा रहेको सखुवा पर्सौनीमा त्यहाँ रहेका अति नै विपन्न उराव समुदायका १९ परिवारका लागि चामल, दाल, मास्क आदि सामग्रीसहित पुगेका थियौं । तर, त्यहाँका स्थानिय प्रहरीले  ‘तपाईहरुले यसरी राहत वितरण गर्न मिल्दैन । यो राहत सामग्रीसहित  जिल्ला प्रहरी कार्यलयमा लाने आदेश छ’ भन्दै यहाँ लिएर आउनुभएको अवस्था छ ।’

कामेश्वरका अनुसार गाविस प्रमुख प्रदिप जैसवालको आग्रह र पत्रका आधारमा उनीहरु त्यहाँ राहत वितरण गर्न गइरहेका थिए ।