Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


शाहरुख खानले ३० हजार भारतीय र २५ सय चिकित्सकलाई खाना खुवाउने


0
Shares

काठमाडौं । भारतमा कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको छ । जसका कारण मजदुर र विपन्न बर्गलाई जीवन धान्न कठिन भइरहेको छ ।

यसै सिलसिलामा बलिउड कलाकारहरुले विभिन्न सहयोगहरु गरिरहेका छन् । मजदुरहरुको दयनीय अवस्था देखेर अभिनेता शाहरुख खानले व्यक्तीगत र आफ्नो कम्पनी रेड चिल्लीकातर्फबाट कोरोनाविरुद्ध सहयोगको घोषणा गरेका छन् ।

अभिनेता शाहरुखले आर्थिक सहयोगसँगै विभिन्न सामग्री र खाद्यन्नको घोषणा गरेका छन् । उनले एक महिनासम्म मुम्बईका ५५ सय विपन्न परिवारलाई दैनिक खाना खुवाउने जिम्मा लिएका छन् । ५५ सय परिवारमा करिब ३० हजार व्यक्ति छन् ।

त्यस्तै उनले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५५ हजार पीपीई दिने ट्वीटमार्फत यस्तो घोषणा छन् । त्यस्तै अस्पतालका २५ सय कर्मचारीलाई एक महिनासम्म  खाना खुवाउने जिम्मा लिएका छन् ।