Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


आरबीबी क्लब लिग भलिबलमा आर्मीको दोस्रो जित


0
Shares

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबारको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदा आर्मीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

एक तर्फी जस्तो भएको खेलमा आर्मीले गण्डकीमाथि २५–१९, २५–८ र २५–१८ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले २ खेलमा ६ अंक जोडेको छ । आर्मी शीर्ष स्थानमा रहेको छ ।

यस अघि आइतबार भएको पहिलो खेलमा आर्मीले विभागीय टोली एपीएफ क्लबलाई पनि ३–० को सोझो सेटमा हराएर प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । प्रतियोगिता अन्तर्गत सोमबार नै भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटन स्पोटर््स क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित ग¥यो । हेल्प नेपालले ढोरपाटनलाई २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो । जितसँगै हेल्प नेपालले ३ अंक जोडेको छ । ढोरपाटनको यो लगातार दोस्रो हार हो ।

यसअघि सोमबार भएको महिला तर्फको खेलमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजय सुरुआत गरेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेट तथा पुलिसले एपिएफमाथि ३–१ को सेटमा पराजित गर्दा दुई विभागीय टोलीले आइतबारबाट सुरु भएको प्रतियोगितामा विजय सुरुआत गरेका हुन ।