Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


बज्राचार्यको ‘जन्मदिनको शुभकामना’ गीत सार्वजनिक


286
Shares

काठमाडौं । गायक तथा रचनाकार सुरजवीर बज्राचार्य जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ ।

आइतबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आतिथ्यमा उक्त गीत सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार श्रेष्ठले नेपालभाषाको लोकप्रिय गीतलाई विस्तार एवं व्यापकता दिन अन्य भाषाहरुमा पनि गीत निर्माणको कार्यको प्रशंसा गर्नुहुँदै जन्मदिनको गीतको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

सभापति भिक्षु कोण्डन्य महास्थविरले मैत्रीभावले भरिएको यस गीतको लोकार्पण कार्यक्रम आयोजना गर्न पाउँदा खुशी भएको उल्लेख गर्नुहुँदै आफ्नो जन्मदिनमा यस गीतका गायक, रचनाकार सुरजवीरका साथ समूहले प्रस्तुत गरेको नेपालभाषाको जन्मदिनको गीतले भावविभोर बनाएको स्मरण गर्नुहुँदै यही गीतको अन्य भाषामा समेत निर्माण गर्ने कार्यलाई सहयोग गर्न तथा लोकार्पणमा आफू एवं बुद्धविहार अग्रसर भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य तथा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले गीतका बारेमा चर्चा गर्नुभयो ।

गायक तथा रचनाकार सुरजवीर बज्राचार्यले नेपालभाषामा निर्मित “बुदिंया भिंतुना म्ये (जन्मदिनको शुभकामना गीत) प्रति समाजले दिएको माया र प्रोत्साहन नै यो गीत अन्य भाषामा पनि निर्माण गर्दै जाने कर्मको उर्जा रहेको बताउनुभयो । एउटा गीतले पनि समाजमा राम्रो परिवर्तन ल्याउन सक्ने प्रति यही गीतको नेपालभाषा भर्सजनले अनुभूति गराएकोप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँले लोकप्रियताका लागि भन्दा समाजका लागि गीत निर्माण गर्दा लोकले स्वतः प्रियमा गणता गरेकोले उर्जा थपेको बताउनुभयो ।

यस अघि गायक बज्राचार्यको मातृभाषा नेपालभाषामा सार्वजनिक भएको जन्मदिनको गीतले हाल जन्मदिन मनाउँदा बजाउने, गाउने तथा गीत बजाएर सगुन दिने नव संस्कृतिकै रुपमा समाजमा स्थान प्राप्त गरेको छ ।