२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


फाइडे रिलिजः हलमा एकैसाथ ४ ठूला फिल्म


962
Shares

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट ४ ठूला फिल्म प्रदर्शनमा आएका छन् ।

सौगात मल्ल र दीया पुन अभिनित नेपाली फिल्म ‘मन्त्र’, भारतीय दुई फिल्म ‘रनवे ३४’ र ‘हिरोपन्ती २’ तथा हलिउड फिल्म ‘ब्याड गाइज’ जस्ता ४ ठूला फिल्म एकैसाथ नेपाली बक्स अफिसमा रिलिज भएका छन् ।

भारतीय फिल्मको वर्चस्व रहेको फिल्म क्षेत्रमा कुन फिल्मले कस्तो छाप छोड्छ त्यो भने आगामी दिनहरूमा हेर्न बाँकी नै छ ।

नेपाली फिल्म ‘मन्त्र’ मा सौगात मल्ल, दीया पुन, बुद्धी तामाङ मुख्य भुमिकामा रहेका छन् । फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा हिमाली क्षेत्रको पररम्परागत कथालाई देखाउन खोजिएको छ ।

रनवेमा बम राखिएको हल्लापछि कसरी पाइलटले डेढ सय यात्रुको ज्यान जोगाउँछ भन्ने कथामा निर्माण भएको फिल्म ‘रनवे ३४’मा अजय देवगणको निर्देशन रहेको छ । फिल्ममा अजयसहित अमिताभ बच्चन र रकुल प्रीत सिंहको मुख्य भूमिका छ ।

अहमद खान निर्देशित फिल्म ‘हिरोपन्ती २’ एक्सन रोमान्स जनरामा बनेको छ । टाइगर श्राफ, नवाजुद्दिन सिद्दिकी र तारा सुतरिया अभिनित ‘हिरोपन्ती २’लाई एक्सन फिल्ममा रुचि राख्ने दर्शकले रुचाउने निर्माण पक्षले जनाएको छन् ।

एनिमेसन, एड्भेन्चर र कमेडी जनराको हलिउड फिल्म ‘द ब्याड गाइज’लाई पिएरे पेरिफिलले निर्देशन गरेका हुन् ।